राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

आन्दोलनबाटै हिन्दुराज्य र राजसंस्थाः अध्यक्ष लिङ्देन

शुक्रवार, ९ पौष २०७८ १४:३१

शरद रेग्मी
दाङ ८ पुस । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताउनुभएको छ ।

रिपोटर्श क्लव दाङले विहिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । ‘हामीले आन्दोलनबाटै वा निर्वाचनबाट राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्यको स्थापना गर्ने छौं, तर हाम्रो आन्दोलन शान्तिपुर्ण र अहिंसात्मक हुने छ’, रिपोटर्श क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उहांले भन्नुभयो ।

यसकालागी नेपाली जनता आतुर रहेको पनि उहांको अभिव्यक्ति थियो । त्यसै गरी कांग्रेस महाधिवेशनमा आफुले बोलेको अभिव्यक्तिका विषयमा उहांले कुनै प्रतिक्रिया दिनुभएन । ‘कांग्रेस महाधिवेशनमा मैले बोलेका कुराहरुको प्रतिक्रियाका विषयमा मैले प्रतिवाद गर्न चाहन्न, त्यो त जनताले स्वयम प्रतिवाद गरीसकेका छन्’, साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लिंग्देनले भन्नुभयो । त्यसै गरी अहिले चर्चामा रहेको एमसिसिका विषयमा पनि राप्रपाले चांडै आफ्नो आधिकारीक धारणा बनाउने उहांले स्पष्ट पार्नुभयो ।

‘एमसिसि पहिले संसदमा टेवुल होस, यसका विषयमा व्यापक छलफल होस, त्यसपछि मात्रै आवस्यकता अनुसार धारणा बनाउन सकिन्छ’, उहांले भन्नुभयो । मुलुकमा धेरै महत्वाकांक्षि विकाश निर्माणका योजनाहरुले गति लिन नसकेको अवस्थामा यति सानो जम्मा ५५ अर्वको परीयोजनामा यतिधेरै टिकाटिप्पणि पनि आवस्यक नभएको उहांले बताउनु भयो ।

‘यति सानो सहयोगले पनि मुलुकको स्वाभिमान, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अखण्डतामा आच आउनु हुंदैन भन्ने हाम्रो मान्यता हो’उहांले भन्नुभयो । कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गर्नुभएको थियो ।

थप जानकारी