राष्ट्र हितमा समर्पित
बुधवार, माघ १२, २०७८

देशभर आज २४ घण्टामा १५७ काेरोना संक्रमित थपिए : एक जनाको मृत्यु

शनिवार, १० पौष २०७८ १८:४१

काठमाडौँ, पुस १० गते । पछिल्ले २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी २१ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ ।

अहिले देशभर चार हजार ९७८ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा २२६ जना डिस्चार्ज भएका छन् भने दुई लाख ५५ हजार ४५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

थप जानकारी