राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

७७ जिल्ला समितिलाई राप्रपा अध्यक्ष लिङ्देनको सर्कुलर : खादा, मालाको तामझाम नगर्नु

आइतवार, ११ पौष २०७८ १८:३६

काठमाडौं । केही दिन अघि दाङमा आयोजित लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकमा २५ केजीको फुलको माला अस्विकार गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं आउनासाथ माला, खादा लगायतका तामझाम नगर्न ७७ जिल्लालाई निर्देशन दिएका छन् ।

दाङको सभामा कार्यकर्ताले ठूलो माला लगाउन खोज्दा २५ किलोको माला लगाउने काम गरिसकेको छैन, देश र जनताका लागि धेरै काम गर्न बाँकी छ, त्यसपछि माला लगाउँला पहिले काम गरौं भनेका लिङ्देनले पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरु जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन केन्द्रीय कार्यालयले मातहतका निकायलाई सर्कुलर गरेको राप्रपा महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।

थप जानकारी