राष्ट्र हितमा समर्पित
बुधवार, माघ १२, २०७८

पूर्व एसएसपी दिपक रञ्जितदेखि अभियन्ता अभिषेक जोशी लगायत ठूलो संख्यामा राप्रपामा प्रवेश

शनिवार, १७ पौष २०७८ १७:२४

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश र धर्म संकटमा परिरहेको अवस्थामा आम जनताको राप्रपा प्रति नयाँ आशा, विश्वास र भरोसा पैदा भएको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा सामाजिक जीवनका महत्त्वपूर्ण व्यक्तिलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष लिङ्देनले राप्रपामा प्रवेश गरेकोमा पश्चाताप गर्न नपर्ने र कसैको शीर झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । तपाईहरु देश र धर्म जोगाउने पार्टीको सदस्य भइसक्नु भएको छ, अध्यक्ष लिङ्देनले भने- “यो अभियानमा जोडिनु भनेको एउटा अवसर हो, हामी सबै मिलेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना गरिछाड्छौं ।”

हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना होस्, संघीयता खारेजी होस् भन्ने चाहना राख्नेहरु कांग्रेस र कम्युनिस्ट पार्टीमा पनि रहेका र केही मान्छेहरु आफूसंगको सम्पर्कमा रहेको भन्दै अध्यक्ष लिङ्देनले भने- “उपयुक्त समय आयो, कांग्रेस कम्युनिस्टमा नअल्झौं, मन एकातिर काम अर्को तिर गर्नुपर्दा ऐठन हुनेछ ।”

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले सामाजिक धार्मिक अभियन्ता अभिषेक जोशी, अभियन्ता अमर परियार, अभियन्ता बुद्ध पुरुष, साधना कला केन्द्रका अध्यक्ष तथा संगीतकार मिलन मोक्तान, कृषि टेलिभिजनका अध्यक्ष, कृषि उद्यमी तेज विक्रम थापा, उद्यमी खेमराज ढकाल, पूर्व एसएसपी दिपक रञ्जित, बौद्ध गुरु लाक्पा तामाङ, नेपालका लागि नेपाली पार्टीका सचिव सुदर्शन थापा, केन्द्रीय सदस्य धार्मिक प्रमुख दिपक सुवेदी, महिला प्रमुख हुमा पाण्डे सहित सो पार्टीका विभिन्न तहका नेताहरू, शिवसेना नेपालका केन्द्रीय सदस्य कुमार बस्नेत लगायत सामाजिक जीवनका विभिन्न महत्त्वपूर्ण १४३ जनालाई आज केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गर्नुभएको छ ।

थप जानकारी