राष्ट्र हितमा समर्पित
बुधवार, माघ १२, २०७८

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्‍यो : राप्रपा अध्यक्ष लिङ्देन

आइतवार, १८ पौष २०७८ २०:३६

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग गरेका छन् । आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन्।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीका दिन पुस २७ मा बिदा दिन राप्रपा प्रतिनिधिमण्डलले माग गरेको हो। साथै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पनि राप्रपाको माग छ।

राप्रपाले प्रधानमन्त्री देउवालाई पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ। अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलमा उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे र रोशन कार्की, महामन्त्रीहरु भुवन पाठक र कुन्ती शाही सहभागी रहेको प्रतिनिधिमण्डलका सदस्य नेता मोहन श्रेष्ठले बताएका छन् ।

थप जानकारी