राष्ट्र हितमा समर्पित
बुधवार, माघ १२, २०७८

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा ३१ जना केन्द्रीय सदस्य मनोनित

मङ्गलवार, २० पौष २०७८ १६:००

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन्। मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन्।

राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ। पहिलो चरणमा ३१ जना केन्द्रीय सदस्य मनोनयन गरिएको लिङ्देनको सचिवालयले जनाएको छ। गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षसहित १४९ जना निर्वाचित भएका थिए।

दोस्रो चरणमा पदाधिकारीहरू मनोनयन गर्ने कार्यक्रम रहेको बताइएको छ। राप्रपामा चार उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, कोषाध्यक्ष र सहायक कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ। लिङ्देनले मनोनीत गरेकाहरूमा शाहीकालका मन्त्री टंक ढकाल, पूर्वमन्त्री दीपक बोहरालगायत छन्।

थप जानकारी