राष्ट्र हितमा समर्पित
बिहिवार, माघ १३, २०७८

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

मङ्गलवार, २७ पौष २०७८ १५:०५

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन ।

राप्रपाले प्रत्येक वर्ष पुस २७ गते शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने गरेको थियो । तर यसपटकबाट राप्रपाले देशभर विरोध प्रदर्शन गर्दै मनाएको छ ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

थप जानकारी