राष्ट्र हितमा समर्पित
बिहिवार, माघ १३, २०७८

पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा

बुधवार, २८ पौष २०७८ २०:०९

काठमाडौं । ३०० औं पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपालको नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सालिकमा ग्रेटर नेपालको नक्सा राखी पुष्पगुच्छा अर्पण गरेका थिए ।

मोर्चाका अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले नेपालको पुनर् एकीकरण गरेर मेचीपारिसम्म नेपालको सिमाना कायम गरेका हुँदा सम्मानस्वरूप उनको सालिकमा ग्रेटर नेपालको नक्सा राखिएको बताएका छन् । उनले मोर्चा सधैं पृथ्वीनारायण शाहको पदचिन्हमन हिँड्ने बताएका छन् ।

केही व्यक्तिले पृथ्वीनारायण शाहलाई नमान्ने भन्दैमा उनको महत्त्व कम नहुने भन्दै मोर्चाका अध्यक्ष नेपालले नेपाली भएर पृथ्वीनारायण शाहको आलोचना गर्नु भनेको आफ्नो नाक आफैले काट्नु हो काट्नु हो भनेका छन् ।

अध्यक्ष नेपालले सालिकमा राखिएको ग्रेटर नेपालको नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्सुकतापूर्वक हेरेको दाबी पनि गरेका छन् । काट्नु हो भनेका छन् । अध्यक्ष नेपालले सालिकमा राखिएको ग्रेटर नेपालको नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्सुकतापूर्वक हेरेको दाबी पनि गरेका छन् ।

थप जानकारी