राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

अतिक्रमण र हस्तक्षेप विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ: राप्रपा

शनिवार, १ माघ २०७८ १७:२६

काठमाडौं, माघ १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल र भारतको सीमा क्षेत्र लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फीरुपमा सडक निर्माण गरिरहनु गम्भीर आपत्तिजनक रहेको जनाएको छ ।

राप्रपाले भन्यो, “कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ । तर, भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दु:खद र रहस्यमय छ ।”

राप्रपाले कालापानी लिपुलेक नेपाली भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेप विरुद्ध सरकारले प्रतिबद्ध जनाउनुपर्ने बताउदै सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गर्नुुपर्ने माग राखेको छ ।

नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ ।

थप जानकारी