राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

राजनीति भनेको जनताको सेवा हो, व्यापार होइन: अध्यक्ष लिङ्देन

बुधवार, ५ माघ २०७८ १६:५१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यापार बनाउँन नहुने बताएका छन् ।

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाए ।

लिङ्देनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्छ।’ कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पुर्‍याउनुपर्ने बताए ।

थप जानकारी