राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ९, २०७९

काँग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

बुधवार, ५ माघ २०७८ १८:२१

काठमाडौं, माघ ५ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो ।

पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित हुनुभएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त हुनुभएको थियो । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा हुनुहुन्छ । (रासस)

थप जानकारी