राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

निर्वाचन आयोगको निर्णय संविधानको मर्म र भावना विपरित: राप्रपा

आइतवार, ९ माघ २०७८ १५:४७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगको निर्णय संविधानको मर्म र भावना विपरित रहेको ठहर गरेको छन् ।

राप्रपाले निर्वाचन आयोगको पत्रको सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र, राजसंस्था र झन्डाबाट गाई हटाउन निर्देशन दिएपछि राप्रपाले यस्तो निर्णय गरेको हो ।

आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आयोगले माघ ३ गते पठाएको पत्रको सम्बन्धमा छलफल गरेको हो । , निर्वाचन सम्बन्धमा आयोग पूर्वाग्रही देखिएको भन्दै त्यसको कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो ।

बैठकपछि राप्रपाद्वारा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय भएको छ ।’

थप जानकारी