राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

राप्रपा अध्यक्ष लिङ्देनद्वारा पदाधिकारी र विभाग प्रमुख मनोनयन (नामावलीसहित)

आइतवार, १६ माघ २०७८ २०:१३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् । २४ पदाधिकारी मनोनित गरेसँगै अब राप्रपामा पदाधिकारी संख्या ३१ पुगेको छ ।

लिङ्देनले विभिन्न विभागका प्रमुख तोकेका छन् भने हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका छन् । राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन् भने भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका उनले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका छन् ।

यस्तै मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री मनोनित भएका छन् भने यस्तै सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

थप जानकारी