राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

देशभर आज २२ सय पाँच सङ्क्रमित, सात हजार ७५५ डिस्चार्ज, १२ को मृत्यु

बुधवार, १९ माघ २०७८ १८:३४

काठमाडौं, माघ १९ गते । पछिल्लो २४ घण्टामा दुई हजार २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा पाँच हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कुल ११ हजार ५८२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सोही अवधिमा सात हजार ७५५ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुगेको छ ।

थप जानकारी