राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुन्छ : राजा ज्ञानेन्द्र

शुक्रवार, ६ फागुन २०७८ १८:४६

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने बताउनु भयो । राजा शाहले शुक्रबार ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै हालको लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूको भूमिकाप्रति असन्तुष्टि जनाउदै यस्तो बताउनु भएको हो ।

‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रबन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो ।राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ’ राजाले भन्नु भयो । प्रजातन्त्रका नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतामा संकट आएको दावी गर्दै नेतृत्व र प्रणालीमाथि नै प्रश्न उठाएका छन् । राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि राजा सधै रहँदै आएको र रहिरहने समेत बताउनु भयो ।

थप जानकारी