राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

विश्व हिन्दु महासंघका उपाध्यक्ष खराल राप्रपामा प्रवेश

शनिवार, ७ फागुन २०७८ २२:०१

पोखरा, फागुन ७ । विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल राप्रपामा प्रवेश गरेका छन्।

प्रजातन्त्र दिवसको अवसर पारेर खराललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी प्रवेश गराएका हुन्।

पोखरामा राप्रपाले आयोजना गरेको कार्यक्रममा खराललाई पार्टी प्रवेश गराइएको थियो। हिन्दु राष्ट्रको अभियान लिएर महासंघ क्रियाशील छ। कार्यक्रममा तीन सय धार्मिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई राप्रपा प्रवेश गराइएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

थप जानकारी