राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन २, २०८१

रुसले दियो अन्तरिक्ष स्टेशन दुर्घटना हुन सक्ने चेतावनी

शनिवार, २८ फागुन २०७८ १८:१४

एजेन्सी । आज युक्रेन र रुसबीचको युद्धको १७ औं दिन हो । रुसले युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा आक्रमणलाई तीव्र बनाएको छ । रुसमाथि कडा कारबाही गर्न पश्चिमी देशहरूले निरन्तर प्रतिबन्धको घोषणा गरिरहेका छन्। यसको प्रतिकारमा रुसले पनि कडा कारबाही गरिरहेको छ । रुसले पश्चिमी देशहरूले लगाएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन दुर्घटना हुन सक्ने चेतावनी दिएको छ ।

अमेरिका र रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको मर्मतका लागि विगत २४ वर्षदेखि मिलेर काम गरिरहेका छन् । यहाँ दुवैको तालमेलका कारण २१औँ शताब्दीका धेरै महत्वपूर्ण आविष्कारहरू पनि भएका छन् । तर युक्रेन युद्धले स्थितिलाई पूर्णरूपमा परिवर्तन गरिदिएको छ । अमेरिकी अन्तरिक्ष यात्री मार्क भान्डे हे रुसको धम्कीपछि अन्य दुई रुसी अन्तरिक्ष यात्रीसँग काजाकिस्तानमा अवतरण गर्ने योजनामा छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन दुई भागमा विभाजित छ । एउटा भाग रुसद्वारा सञ्चालित छ, अर्को अमेरिकाद्वारा सन् १९९८ मा रुस र अमेरिकाका अन्तरिक्ष यात्रीहरूले यस अन्तरिक्ष स्टेशनमा सँगै प्रवेश गरेका थिए । त्यसयता यी दुईबीचको साझेदारी जारी छ ।

थप जानकारी