राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

आज पनि घट्यो सुनको मूल्य, यस्तो छ भाउ

मङ्गलवार, १ चैत्र २०७८ १४:३१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा १८ सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

थप जानकारी