काठमाडौँ । गत बर्षसम्म, खालिद पाएण्डा अफगानिस्तानको अर्थ मन्त्री थिए । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा कब्जा गर्ने बेलासम्मका अर्थमन्त्री खालिद अहिले अमेरिकामा उबरको ट्याक्सी चलाउछन् भन्दा पत्याउन मुश्किल हुनसक्छ । तर यो सत्य हो ।
अफगानिस्तानका पुर्व अर्थमन्त्री खालिद अहिले अमेरिकाको वाशिंटन डिसीमा उबरको ट्याक्सी चलाउने गर्दछन् । लामो समयदेखि अमेरिकी विदेश नीतिको केन्द्रमा रहेर तालिबानसँग लडेको अफगानिस्तानका उनी तालिबान इरा शुरु हुनु अघिका अन्तिम अर्थमन्त्री हुन् ।
काबुल तालिवानको हातमा परेको सात महिना पछि खालिद वाशिंटनमा आफ्नो होन्डा एकर्ड चलाइरहेको भेटिएका छन् । खालिद भर्जिनियामा रहेको आफ्नो घरबाट वाशिंगटन डिसी तिर उत्तरतर्फ जाँदै थिए, उनले आफ्नो फोन स्वाइप गरे र उबर एप खोले । अहिले खालिदले आफ्नो सफलतालाई हरेक दिन अर्बौं भन्दा पनि सय डलरमा मापन गरिरहेका छन् । उनले भने- ‘यदि मैले अर्को दुई दिनमा ५० ट्रीप पूरा गरे भने, मैले ९५ डलर बोनस पाउँछु ।’
खालिदले अहिले आफ्नो परिवारको बचतलाई जोगाउन र सहयोग गर्न यो काम गरिरहेको वाशिंटन पोष्टलाई बताएका छन् । ४० बर्षिय खालिदले भने- ‘म यसको लागि अविश्वसनीय कृतज्ञ महसुस गर्छु । यसको मतलब म निराश छैन ।’ यो खालिदका लागि आफ्नो देशको विनाशकारी खडेरी, महामारी, अन्तर्राष्ट्रिय प्रतिबन्ध, ध्वस्त अर्थतन्त्र, अनिकाल र तालिबान शासनको पुनरुत्थानबाट पीडित र देशमा चलिरहेको त्रासदीको बारेमा सोच्नबाट अस्थायी भएपनि राहत थियो ।
२० वर्ष पहिले देशमा लोकतन्त्र, मानव अधिकार र महिला अधिकारका उच्च विचारधाराका वाचाहरूका साथ सुरु भएको अभियानमा वरिष्ठ अमेरिकी अधिकारीहरू अफगानिस्तानबाट धरै पछाडी हटिसकेका छन् । साथै यसमा खालिद जस्ता अफगानीहरूलाई पछाडि छोडेर गडबडीको लागि दोष लगाएर समाप्त भएको छ ।
बाइडेनले तालिबानले अफगानिस्तान कब्जा गरेपछि भनेका थिए- ‘त्यसोभए के भयो ? अफगानिस्तानका राजनीतिक नेताहरूले देश छोडेर भागे, हामीले उनीहरूलाई आवश्यक पर्ने सबै उपकरणहरू दियौं, उनीहरूलाई आफ्नो भविष्य आफैं निर्धारण गर्ने हरेक मौका दियौं । हामीले उनीहरूलाई के प्रदान गर्न सकेनौं भने त्यो भविष्यको लागि लड्ने इच्छा ।’
कहाँ निर गल्ति भयो भन्ने बारेमा खालिद भन्छन्- ‘हामीसँग सुधार गर्ने, गम्भीर हुने सामूहिक इच्छाशक्ति थिएन ।’ उनले अमेरिकीहरूलाई तालिबानलाई देश सुम्पेको र उनीहरूको लडाईलाई एनिमेटेड गर्ने स्थायी मूल्य मान्यतालाई धोका दिएको आरोप लगाए र आफैलाई पनि दोष दिए । खालिदले आफ्नो पुरानो जीवन र अफगानिस्तानको लागि सपना र संयुक्त राज्य अमेरिकामा नयाँ जीवनको बीचमा फसेको महसुस गरेको बताए, जुन उनले वास्तवमा कहिल्यै चाहेको थिएनन् ।
उनी भन्छन्- ‘यसले तपाईलाई भित्र भित्रै खान्छ । अहिले, मसँग कुनै ठाउँ छैन । म यहाँको होइन, र म त्यहाँको पनि होइन ।’ उसले पोटोमाक नदी पार गरेर डीसीमा आफ्नो दायाँपट्टि, अमेरिकाको लोकतन्त्र र यसका संस्थापकहरूका स्मारकहरू रातको आकाशमा चम्किए । उनको होन्डा केनेडी सेन्टरको अगाडि रोकियो, जहाँ जर्ज वाशिंगटन विश्वविद्यालयका दुईजना विद्यार्थी उनलाई पर्खिरहेका थिए ।
तिनीहरू खालिदको सेडानको पछाडिको सिटमा बसे र तिनीहरूको दिनको बारेमा कुरा गर्न थाले, तापक्रममा अचानक गिरावट, तिनीहरूको बेलुकाको खानाको योजना, मेट्रो ट्रेनमा बिहानको एउटा दुर्घटना आदि आदि । केही मिनेटको ड्राइभ पछि, खालिदले महिलाहरूलाई उनीहरूको अपार्टमेन्टमा छोडे र तुरुन्तै आफ्नो फोन जाँच गरे । ‘चार डलर टिप्स’ उनले भने ।