राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

स्वतन्त्र र सक्षम न्यायालय, मर्यादित बार र संविधानको रक्षा मूल एजेण्डाः वरिष्ठ अधिवक्ता घिमिरे

सोमवार, ७ चैत्र २०७८ २०:१०

विराटनगर । आसन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा अध्यक्षका प्रत्याशी बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले स्वतन्त्र र सक्षम न्यायालय, मर्यादितबार, संविधानको रक्षा र कार्यान्वयन नेपाल बार एसोसिएसनको प्रमुख दायित्व भएको बताउनु भएको छ ।

प्रदेश १ को चुनावी प्रचार प्रसार अभियानको अन्तिम दिन मोरंगको जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै घिमिरेले लोकतन्त्र, बहुदलीय व्यवस्था र स्वतन्त्र न्यायपालिका नेपाल बार एसोसिएसनको शुरु देखि नैएजेन्डा भएको बताउँदै उक्त एजेण्डाबाट पछि नहट्ने बताउनुभएको हो ।

उहाँले आगामी निर्वाचनमा आफू र आफ्नो समूह निर्वाचित भएमा यसको लागि अविचलित भई कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको हो ।

यस्तै नेपाल बार एसोसिएसनले हाल संचालनगर्दै आएको न्यायपालिकाको सुद्धिकरणको एजेण्डाको स्वामित्वलिदै आफूहरु निर्वाचित भएमा प्रत्येक इकाईका कम्तीमा अध्यक्ष तथा सचिवको उपस्थितिमा एक सम्मेलनगरी आन्दोलनको स्वरुपमा निर्णय गर्न सकिने बताउनु भयो ।

घिमिरेले राष्ट्रिय मुद्दाहरुमा नेपाल बार एसोसिएसनको धाराणा कस्तो हुनु पर्छ भन्ने कुरामाआफु प्रष्ट भएको बताउँदै नेपालको अन्तराष्ट्रिय समुदायमा“नेपालपोल”हुने गरी अर्थात नेपालहितलाई ध्यानमा राखी आफ्ना अडान लिने आफ्नो दृष्टिकोण रहेको बताउनु भयो ।

उहाँले कानुनव्यवसायको पेशामायदाकदा देखिएका कालो दाग हटाउनकोलागि जस्तो सुकै निर्णय लिन आफू तयार रहेको दावीगर्दै कानुन व्यवसायको मर्यादा, अग्रज कानुनव्यवसायीको सम्मान तथा कानुनी पेशाकै शुद्धिकरणको लागि आवश्यक कार्य गर्न पहलगर्ने र कानुनव्यवसायीको पेशागत सुरक्षा सामाजिक सुरक्षाको लागि आवश्यक कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. १ का उपाध्यक्षकाउम्मेदवार अधिवक्ता सुरज खत्रिलेआफूले निर्वाचितभएमाप्रदेश नं. १ को कानुनव्यवसायी, बार तथान्यायपालिकाको हितमाकार्य गर्ने प्रतिवद्धता व्यक्तगर्नु भयो ।

एसोसिएसनको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएन (डिएलए नेपाल), समाजवादी प्रगतिशील लर्यस एसोसिएसन (एसपीएलए), क्रान्तिकारी तथाप्रगतिशिल लयर्स एसोसिएसन(आरपीएलए) र संघिय लर्यस एसोसिएसन (एफएलए) ले बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको नाममा सामुहिक रुपमाउमेद्ववारी दिएको छ।

समूहमा प्रदेश नं. १ को उपाध्यक्षमा अधिवक्ता सुरज खत्री, मधेश प्रदेशको उपाध्यक्षमा अधिवक्ता सुधिर कुमार कर्ण, बाग्मतीप्रदेश उपाध्यक्षमा अधिवक्ता हर्क बहादुर रावल, गण्डकी प्रदेश उपाध्यक्षमा अधिवक्ता वीरेन्द्र के.सी., लुम्बिनी प्रदेश उपाध्यक्षमा अधिवक्ता पशुपति भण्डारी, कर्णाली प्रदेश उपाध्यक्षमा अधिवक्ता उत्तम प्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष अधिवक्ता तुलारामगिरी र महिला उपाध्यक्षमा अधिवक्ता आशा राई रहेका छन् ।

यसै गरी, यस समूहबाट महासचिवमा अधिवक्ता अन्जिता खनाल तथा कोषाध्यक्षमा अधिवक्ता भरत बहादुर राउतको उम्मेदवारी रहेको छ । अधिवक्ता विनिता नेपाली (सदस्य, दलित), अधिवक्ता किरणकुमारी साह(सदस्य, मधेशी/मुश्लिम,उपत्यकाबाहिर), अधिवक्ता नरेश कुमार साह (सदस्य, मधेशी/मुश्लिम, खुल्ला), अधिबक्ता नारायण दास राई (सदस्य, आदिवासी/जन जाती उपत्यकाबाहिर), अधिवक्ता रुप बहादुर सारु (सदस्य, आदिवासी / जनजाती, खुल्ला), अधिवक्ता सीता पौड्याल सदस्य, महिला, उपत्यका बाहिर, अधिवक्ता शर्मिला थापा बिष्ट सदस्य, महिला, खुल्ला, अधिवक्ता जितेन्द्र बहादुर मडै सदस्य, उपत्यका बाहिर रहने गरी केन्द्रीय सदस्यका उम्मेदवार रहेका छन् ।

त्यसै गरी, अधिवक्ता भरत कुमार लकाई, अधिवक्ता देवी प्रसाद कोईराला, अधिवक्ता निर्भयराज पौडेल, अधिवक्ता सन्तोष कुमार राउत, अधिवक्ता गुणराज आचार्य र अधिवक्ता सन्तोष तिवारी, खुल्लातर्फका केन्द्रीय सदस्य रहेका छन् ।

थप जानकारी