राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

झलनाथलाई झापड हान्ने देवीप्रसाद राप्रपामा प्रवेश, लिङदेनले गरे स्वागत

मङ्गलवार, ८ चैत्र २०७८ १५:२५

काठमाडौं । ११ वर्षअगाडि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका देवीप्रसाद रेग्मी राप्रपामा प्रवेश गरेका छन् । आज सुनसरीमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई पार्टीमा स्वागत गरे ।

सुनसरी भरोल–१ का रेग्मीले २०६७ साल माघ ६ गते खनाललाई एक सार्वजनिक कार्यक्रममा झापड हानेका थिए । त्यसवापत उनले केही दिन प्रहरी हिरासत बस्नुपरेको थियो । पाँच दिनपछि जिल्ला अदालतबाट एक रुपैयाँ जरीवाना तिरेर उनी छुटे । झापड खाएका खनालले माफी दिएपछि उनी छुटेका हुन् ।

सक्रिय कार्यकर्ता नभए पनि आफू पहिलेदेखि एमालेको समर्थक रहेको उनले त्यसबेला दिएका अन्तरर्वार्तामा बताएका थिए । नेतालाई झापड हानेपछि त्यसबेला उनलाई देश विदेशबाट सहयोगको ओइरो लागेको थियो । उनी सामान्य कृषक हुन् । आज बराह नगरपालिकाको चक्रघट्टीमा आयोजित आमसभाका क्रममा लिङदेनबाट टिका लगाएर रेग्मी राप्रपा प्रवेश गरेका छन् ।

थप जानकारी