राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ९, २०७९

आज देशभर थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

मङ्गलवार, ८ चैत्र २०७८ १७:०२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३५ जना र एन्टिजन परिक्षण गर्दा ९ जना गरि जम्मा ८३ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ४८१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५९४ जनाले कोरोना परिक्षण गरेका थिए भने ७३ हजार ६४२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार ६८८ जना रहका छन् ।

थप जानकारी