राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

राप्रपाका तर्फबाट कागेश्वरी मनोहराका मेयरको उम्मेदवारीमा राजु फुयालको तयारी

मङ्गलवार, २२ चैत्र २०७८ १०:१८

काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा राप्रपाका तर्फबाट मेयरको उम्मेदवारीमा राप्रपाका नेता राजु फुयालको तयारी रहेकोे बताइएको छ ।

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले मेयरको उम्मेदवारी दिन आफू स्वयं पनि तयार रहेको बताउछन् भने फुयाल र काठमाडौं जिल्ला सदस्य यादव चापागाईं, कागेश्वरी मनोहराका अध्यक्ष मणि सिंखडाको पनि दावी रहेको बताउँछन् । उनले भने “हामी कसले उम्मेदवारी दिने भन्ने विषयमा छलफलमा छौं, छलफलपछि टुंगो लगाउने बताउँछन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको उम्मेदवारीमा नेकपा एमालेबाट गत निर्वाचनमा निर्वाचित मेयर कृष्ण हरि थापाले समेत दावी गरेका छन् । थापा अहिले माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीमा रहेका छन् । थापालाई कांग्रेस र माओवादीले समेत सघाउने बताइन्छ ।

राप्रपाका तर्फबाट उम्मेदवारीको तयारी गरिरहेका फुयालले कांग्रेस कम्युनिष्टका अकर्मण्यता र भ्रष्टाचारका कारण जनताले राप्रपालाई मतदान दिने बताउँछन् । नेपालका लागि नेपाली पार्टीका केन्द्रिय सदस्य तथा वाग्मती प्रदेश प्रमुख रहेका फुयाल राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि राप्रपा प्रवेश गरेका थिए ।

थप जानकारी