राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

तपाईंको आजको राशिफल वैशाख ७ गते बुधबार

बुधवार, ७ बैशाख २०७९ ८:२२

मेष – कठोर प्रयासले काममा सफलता प्राप्त हुनेछ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । जोखिममा नपर्नु हितकर हुनेछ । सुख वृद्धि हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख, समृद्धि बढ्नेछन् । आरोग्य वृद्धि हुनेछ ।

वृष – आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस सम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – समय शुभ फलदायक रहनेछ । आरोग्यता वृद्धि हुनेछ । आयआर्जन पनि राम्रै हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। नयाँ सम्भावना देखापर्ने छ । मिठो भोजन प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – व्यस्तता वृद्धि हुनेछ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । ऋण, रोग र शत्रुमाथि ध्यान दिनु पर्नेछ । कठोर परिश्रमले काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – अनावश्यक दौडधुपमा होला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । देखिएको समस्या समाधान हुनेछ । व्यस्तता बढ्नेछ ।

कन्या – भागदौड व्यस्तता बढ्नेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । जोखिममा नपर्नु हितकर हुनेछ । कठोर परिश्रमले काम बन्नेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।

तुला – प्रेमबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । विवादमा नपर्नु हीतकर होला । आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ ।

धनु – धनको आगमन भैरहनेछ । भागदौड बृद्धि हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । विवादमा नपर्नु बेस होला ।

मकर – आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । देखापरेको समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखा पर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला ।

मीन – आरोग्यता बढे पनि दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । शुभ काममा भाग लिनुहुनेछ । गौरव बढ्ला । रसरागमा रुचि बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ ।

थप जानकारी