राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

राप्रपाले काठमाडौं जिल्लामा कहिँकतै तामेल गरेको छैन: जिल्ला अध्यक्ष सिंखडा

सोमवार, १९ बैशाख २०७९ १८:५३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले राप्रपा काठमाडौंले कहिँकतै कुनै पनि राजनैतिक दल वा स्वतन्त्र उम्मेदवारहरुसँग तालमेल गठबन्धन नगरेको बताएका छन् ।
जिल्ला अध्यक्ष सिंखडाले राष्ट्रिय समाचारसित कुरा गर्दै राप्रपाले कहिँकतै कुनै पनि उम्मेदवारसित गठबन्धन वा तालमेल नगरेको बताएका छन् ।

सिंखडाले कहिकतैबाट कुनै प्रकारका भ्रामक कुराहरु आए मिथ्या र गलत बताए । त्यस्ता कुराको पछि नलाग्न र सबै उम्मेदवारलाई उच्च मनोबलका साथ चुनाव लड्नसमेत बताए ।

साथै उनले राप्रपाको कुनै पनि राजनीति दलसँग तामेल र गठबन्धन गर्ने नीति नरहेको समेत स्पष्ट पारेका छन् ।

थप जानकारी