राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

राप्रपाका उम्मेदवार फुयालद्वारा भ्रष्टाचार नगर्ने कसम,तलबभत्ता विपन्न वर्गको सेवामा खर्च गर्ने

मङ्गलवार, २० बैशाख २०७९ ८:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार राजु फुयालद्वारा भ्रष्टाचार नगर्ने कसम खाएका छन् । गत वैशाख ११ गते मेयर पदको लागि उम्मेदवारी दिएका फुयालले भगवान पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खादैँ खाएका हुन् ।

राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फुयालले आफूलाई परिवर्तनका पर्याय हौं भन्ने काङ्ग्रेस, कम्युनिस्ट लगायतका राजनीतिक दलहरूले लगाएका निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका नारा नारामै सिमित हुन आफुहरुले भने प्रतिबद्धता पत्र बमोजिम नै जनताको सेवा गर्ने बताएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसको उपेन्द्र कार्की, नेकपा समाजवादी तर्फबाट कृष्णहरि थापा, एमाले तर्फबाट रामशरण ढुंगाना, राप्रपाका राजु फुयाल, राष्ट्रिय जनमोर्चाका सुदिप सापकोटा, मौलिक जरोकिलो पार्टीबाट प्रभा सुवेदी र स्वतन्त्र उम्मेदवारहरु पुरुषोत्तम शर्मा चापागाईं, टप बहादुर थापा, बरुण कुमार लामा, मनिल फुयालको मेयर पदमा उम्मेदवारी परेको छ ।

नेकपा समाजवादीका उम्मेदवार कृष्ण हरि थापा गत स्थानीय निर्वाचनमा मेयर पद कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गरी निर्वाचित भएका थिए ।

थप जानकारी