राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ १९, २०७९

राप्रपा खोटाङका नेता जीवन श्रेष्ठको निधन

आइतवार, २२ जेठ २०७९ १६:२९

काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको आज बिहान उपचारको क्रममा निधन भएको छ ।

खोटाङमा सवारी दुर्घटनामा परी घाइते भएका श्रेष्ठको काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा ५८ वर्षको उमेरमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए । श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

थप जानकारी