राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ १९, २०७९

तपाईंको राशिफल आज जेठ ३१ गते मंगलबार

मङ्गलवार, ३१ जेठ २०७९ ९:०२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन भावुक र उत्ताउलो बन्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । सरकारी निकायको भएपनि रहला, तर शुभ कार्यमा सरिक भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला, तर शुभ कार्यमा सरिक भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभहानी, आयव्यय, सुखदु:ख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा पनि प्रगति नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

थप जानकारी