काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले भ्रष्टाचार, सेटिङ र पूर्वाग्रहमा संलग्न न्यायाधीशमाथि छानबिन अघि बढाउन माग गरेका छन् । राजधानीमा सम्पन्न दुई दिने कार्यशाला गोष्ठीमा अध्यक्ष घिमिरेले भ्रष्टाचार र सेटिङमा संलग्न सर्वोच्चदेखि जिल्ला अदालतसम्मका न्यायाधीशमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।
सर्वोच्च, उच्च र जिल्ला अदालतका केही न्यायाधीशको कार्यक्षमतादेखि आचरणसम्म प्रश्न उठेको छ । तिनीहरुमाथि छानबिन हुन नसकेको भन्दै अध्यक्षले न्यायपरिषदको ध्यानाकर्षण समेत गराए ।
न्यायपरिषदले उच्च र जिल्ला अदालतको न्यायाधीशमाथि मात्रै छानबिन गर्नसक्छ । सर्वोच्च अदालतका न्यायाधीशमाथि भने संसदको महाभियोग सिफारिस समितिमा तीन जना सांसदको उजुरी परेमा छानबिन हुने व्यवस्था छ ।