राष्ट्र हितमा समर्पित
शनिवार, माघ १४, २०७९

पहिरोले घर पुरिएपछिको पीडा, जंगलको बीचमा त्रिपाल मुनि दुई परिवार

बुधवार, ८ भाद्र २०७९ ८:००

काठमाडौं । घर विहीन भएको एक महिना भयो, राती भर साउन भदौको झरीमा जागा बस्तै दुई परिवारका १३ जनाको पहरा (चौकी दारी) गर्ने गरेको छु । यो भनाइ हो साईपाल गाउँपालिका २ का ६१ वर्षीया प्यारु कामीको भनाइ हो यो ।

उनले भने,’दुई परिवारका चार घर र एक आरन साउन ४ गते राती १० बजे वर्षासँगै घरको माथिबाट आएको पहिरोले पुरिदियो घरबार विहीन भएपछि अहिले एक महिनादेखि जंगलको बीचमा त्रिपालको सहारामा रात दिन गुजारी रहेको छु कति खेर जंगलको बाघ, भालु, सर्प र बिच्छि किराले आक्रमण गर्छ भन्ने डरसँगै पुनः पहिरो लाग्ने डरले आगो सेक्दै जागा बसेर परिवारको सुरक्षाको लागि चौकी दारी गर्ने गरेको हुँ । हामीसँग भएको गहुँ, चामल, भाँडाकुडा र लुगा कपडा घरसँगै पहिरोले पुरिदियो नत शरीर ढाक्ने कपडा छ नत शरीर छोप्ने नै लेकाली भेग भएकाले वर्षा रातदिन भइरहन्छ कति खेर पाल हावा हुरीले उडाइदिन्छ त्रिपालभित्रै समेत भिजेर निथुक्क हुनु पर्ने बाध्यता भएको २५ चैत्या कामीले बताए।

उनले भने, ‘दुई परिवारका १३ जना सदस्य उन्यु (घाँसको ओछ्यान) र ढुङ्गाको सिरानीको साहारामा भेडा बाख्रको बथान झै सुत्ने गरेका छु । सहारा दिने कोही छैन । गाउँ बस्ती आधा घण्टा भन्दा टाढा छ । स्थानीय सरकारले हाम्रो पिडा सुने कै छैन । सदरमुकाम चैनपुर जाँउ भने बाटो र पैसा दुबै छैन कसरी जाने हाम्रो पिडा सुन्ने कोही भएन । त्रिपालमा खाउ भने एक मुठि अन्न छैन । कसरी बाँच्ने थाहा छैन ।’

साईपाल गाउँपालिका २ जिमा घर भएका दलित परिवारको साउन ४ गते राती घरको माथिबाट आएको पहिरोले घर पुरिदिएपछि गोठमा बाँधेका ८ वटा पशु चौपाया घरसँगै पहिरोमा पुरिएर मरेका छन् भने दुई घर जोखिमा रहेको साईपाल गाउँपालिका पूर्व अध्यक्ष राजेन्द्र धामीले बताए ।

उनले भने,’दुई परिवारका सिलोटले छाइका दुई तले चार घर भएपनि अहिले घर बार विहीन छन् । दलित परिवारको विचल्ली भएको छ । लाउने खाने केही छैन । दयनीय अवस्थालाई देखेर आफूले ५० केजी चामल सहयोग गरेको छ । बर्खाको समय भएकाले बाटो समेत छैन । जंगलको बीच काँक्रर कोट भन्ने ठाउँमा उनीहरुको अहिले त्रिपालको बास छ ।’

थप जानकारी