राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

आइतवार, २३ आश्विन २०७९ ११:५९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पनि उहाँले सो निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) को अघोषित समर्थनमा उहाँले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गर्नुभएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पनि सो क्षेत्रबाट एमालेले कुनै उम्मेदवारी नदिएर लिङ्देनलाई अघोषित समर्थन गर्ने जनाइएको छ ।

थप जानकारी