राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १९, २०७९

राप्रपाका नेता राजु विष्टको काठमाडौं क्षेत्र नं २ प्रदेश (ख) मा उम्मेदवारी दर्ता

आइतवार, २३ आश्विन २०७९ १८:४२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष राजु विष्टले प्रदेशसभाको प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं २ (ख) बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेता विष्टले निर्वाचन आयोगको कार्यालय थलीमा उम्मेदवारी दर्ता गराएका हुन् ।

 

आगामी मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा त्यस २ (ख) बाट एमालेका तर्फबाट सुवण श्रेष्ठ तथा गठबन्धनका तर्फबाट भरत फुयालले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा (ख) मा कागेश्वरी मनोहरा नगरपालिकाको ६ वटा वडा र शंखरापुर नगरपालिकाको ९ वटा वडा पर्दछ । गत स्थानीय निर्वाचनमा राप्रपाले शंखरापुर नगरपालिकामा मेयर पदमा विजयी भएको थियो भने कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेस विजयी भएको थियोे ।

थप जानकारी