राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १०, २०७९

शताब्दी पुरुष जोशीको निधनबाट राष्ट्रले एक अभिभावक गुमाएको छ: राप्रपा अध्यक्ष लिङ्देन

आइतवार, ३० आश्विन २०७९ १९:३१

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट राष्ट्रले एक अथक स्रष्टा, संस्कृतिविद एवं अभिभावक गुमाएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले नेपाली वाङमय क्षेत्रका अग्रणी व्यक्तित्व, शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान भएको निधनबाट अत्यन्तै दुःखी र स्तब्ध भएको बताउदैँ राष्ट्रले एक अभिभावक गुमाएको बताएका छन् ।

लिङ्देनले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धासुमन अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले नेपाली समाज र समग्र राष्ट्रलाई उहाँको अभिभावकत्व, साहित्यिक एवं प्राज्ञिक व्यक्तित्वको अभाव सदा खट्किइरहने बताए ।

थप जानकारी