राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्ने संकल्प

शनिवार, ५ कार्तिक २०७९ १०:१७

काठमाडौं । राप्रपाका पूर्व अध्यक्ष पशुपतिशमशेर जबराद्वारा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसम्पादन, पदाधिकारी र केन्द्रीय सदस्यहरुसंग निर्वाचन केन्द्रीत छलफल र तिहारको पूर्वसन्ध्यामा शुभकामना चियापानको आयोजना गर्नुभयो ।

आसन्न चुनाव केवल कुनै दल जित्ने वा हार्ने चुनाव मात्रै नभएर देशमा परिवर्तन गर्नुका साथै राप्रपाको भाग्य, भविष्यसंग समेत जोडिएको चुनाव भएकाले एकताबद्ध ढंगबाट सम्पूर्ण हाँक र चुनौतीको सामना गर्दै सबै शक्ति निर्वाचनमा लगाउने विषयमा छलफल भएको छ ।

जीवन्त पार्टीमा तितामिठा परिस्थितिहरु आउन सक्छन् तर निर्वाचनमा होमिएका पार्टीका देशभरका उमेदवारको मनोबल कमजोर बनाउने, प्रतिपक्षीसंग लड्डु पर्ने बेला गुनासो बोकेर हिड्ने, प्रचारबाजी गर्ने काम उपयुक्त नहुनेमा छलफल केन्द्रीत थियो ।

यो समय सबै शक्ति निर्वाचनमा लगाउने बेला हो, छलफलमा सहभागी अधिकांश नेताहरूको साझा धारणा रहेको थियो ।

थप जानकारी