राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

रवीन्द्र मिश्रको पक्षमा भोट माग्दै मनीषा

मङ्गलवार, २९ कार्तिक २०७९ १२:०७

काठमाडौं । अभिनेत्री मनीषा कोइराला मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ को घरदैलो कार्यक्रममा सहभागी भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार रवीन्द्र मिश्रको पक्षमा भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगेकी हुन् ।

उनी पछिल्लो समय राप्रपाका चुनावी सभाहरूमा सहभागी भइरहेकी छन् । राप्रपाका उमेदवारहरूलाई जिताउन आग्रह गरिरहेकी छन् ।

मिश्र पुनः काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका हुन् । ०७४ मा पनि उनले यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए । त्यति बेला उनी नेपाली कांग्रेसका उमेदवार प्रकाशमान सिंहसित पराजित भएका थिए । योपटक काठमाडौं–१ मा मिश्र, सिंहलगायत उमेदवार चुनावी मैदानमा छन् ।

थप जानकारी