राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

निर्वाचनलाई विगतको त्रुटी सच्याउने अवसरको रुपमा सदुपयोग गरौं: राजेन्द्र लिङ्देन (भिडियो सहित)

बिहिवार, १ मंसिर २०७९ १८:४२

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका त्रुटी कमीकमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

निर्वाचन प्रचारप्रसारको मौन अवधि शुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा व्यक्त गरेका हुन् ।

अध्यक्ष लिङ्देनले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेरेर मर्ने आमचाहना परिपूर्ति गर्ने संकल्पका साथ राप्रपा निर्वाचनमा होमिएको बताएका छन् । लिङ्देनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारलाई मत दिइ बिजयी गराउन आम मतदातालाई अपील समेत गरेका छन् ।

यसैगरी अध्यक्ष लिङ्देनले अर्को भिडियो सन्देश मार्फत जीवनमा पहिलोपटक भोट हाल्न तम्तयार लाखौं नवयुवा र युवालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष लिङ्देन झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उमेदवार समेत छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भिडियो सन्देश

थप जानकारी