राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १९, २०७९

प्रायोजित सर्वेक्षण आपत्तिजनक छ, निर्वाचन आयोगको ध्यानाकर्षण होस् : राजेन्द्र लिङ्देन

शनिवार, ३ मंसिर २०७९ २०:०७

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचनलाई प्रभावित तुल्याउने बदनियतका साथ हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक हुनु आपत्तिजनक भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेका छन् ।

अध्यक्ष लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचनलाई प्रभावित तुल्याउने बदनियतका साथ हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक हुनु/गरिनु आपत्तिजनक मात्रै होइन निर्वाचनको आचारसंहिता विपरीत भएको बताएका छन् ।

विभिन्न सञ्चार माध्यमले निर्वाचनको सम्बन्धमा गरेको गलत र हचुवा सर्वेक्षणलाई लक्षित गर्दै राप्रपा अध्यक्षले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेका हुन् ।

अध्यक्ष लिङ्देनले त्यस्ता सर्वेक्षण कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र यसको प्रभावकारी अनुगमन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।

विज्ञप्ति

थप जानकारी