राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १९, २०७९

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षे युवा योगेश विजयी

सोमवार, ५ मंसिर २०७९ १२:३४

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षे युवा योगेश गौचन थकाली विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजित गर्दै थकाली विजयी भएका छन् ।

सात हजार दुई सय ३० मत खसेकोमा योगेशले ३९९६ मतसहित जितेका हुन भने नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।

थप जानकारी