राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १०, २०७९

मल अनदान घटाउने निर्णय फिर्ता लिन सरकारसँग राजेन्द्र लिङ्देनको माग

मङ्गलवार, ३० फागुन २०७९ १६:२४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन हठात् गरिएको निर्णय अनुचित भएको भन्दै लिङ्देनले उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले सुलभ ढंगले मल आपुर्ति व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको थियो ।

कृषि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको र दरलाई क्रमशः ५० प्रतिशतमा झारिने बताएको थियो ।

थप जानकारी