राष्ट्र हितमा समर्पित
मङ्गलवार, आषाढ ५, २०८१

बागमती प्रदेशको नाम ताम्सालिङ राख्न आन्दोलन गर्ने

मङ्गलवार, ५ भाद्र २०८० २०:५४

काठमाडौं : बागमती प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने माग गर्दै ताम्सालिङ संयुक्त संघर्ष समितिले आन्दोलन गर्ने भएको छ । ताम्सालिङ संयुक्त संघर्ष समितिले आन्दोलनको अवधारणा र खाकालाई अन्तिम रुप दिने काम सकिएकोले यही भदौ १० गते काठमाडौंमा घोषणासभा गर्ने तय भएको जनाएको छ ।

राजनीतिक दलहरुका जातीय मोर्चा तथा संगठन, सामाजिक संस्था र स्वतन्त्र अभियन्ताहरु आबद्ध संघर्ष समितिको बैठकले बागमती प्रदेशको नाम ताम्सालिङ राख्न आन्दोलन गर्ने निर्णय गरेको बताइएको छ ।

थप जानकारी