राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

राप्रपा भक्तपुर नगरपालिकामा रोशन नापित निर्वाचित

मङ्गलवार, ५ भाद्र २०८० २२:०५

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुर नगरपालिकाको नगर अधिवेसनबाट रोशन नापित निर्वाचित भएका छन ।

मंगलबार राप्रपा भक्तपुर नगरपालिकाको नगर अधिवेशन सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा नापित निर्वाचित भएका हुन ।

रोशन नापितको ९४ मत प्राप्त गरि बिमल गुबजुलाई पराजित गरेका थिए । बिमल गुबजुले ५३ मत प्राप्त गरेका थिए । निर्वाचित पश्चात नापितले १६ सदस्यीय नगर समिति चयन गरेको छन् ।

नापित राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सदस्य हुन ।

थप जानकारी