राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

रवीलाई राप्रपा नेता प्रदिप उदयको प्रश्न : के तपाई हिन्दु विरोधी मिसनमा हो ?

बिहिवार, ७ भाद्र २०८० १०:४४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले धरानमा गोरु काटेको घटनाबारे दिएको अभिव्यक्तिलाई राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपकुमार उदयले हिन्दु विरोधी अभिव्यक्ति भन्दै निन्दा गरेका छन् । उदयले लामिछानेलाई तपाईं हिन्दु विरोधी मिसनमा हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

“रबी लामिछानेज्यु,
धरानमा गोरु काटेर भोज गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भईरहेको अवस्थामा, त्यस सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा तपाईले दिनुभएको जवाफप्रति गम्भीर ध्यानाकर्षण भएको छ । तपाई र मेरो पार्टी फरक भएता पनि तपाईका जनताप्रतिको जवाफदेहितामा गर्नु भएका राम्रा कार्यप्रति सदैब प्रशंसक रहे । तथापि पछिल्लो अवस्थामा तपाईको केही भुमिकाप्रति सशंकित हुने अवस्था सृजना हुदै आएको छ । यसै सन्दर्भमा गोरु काटेर भोज खाँदै अरुको आस्था माथि चोट दिने अपमानजनक अभिब्यक्ति दिएको त्यो घटनामा सामाजिक सद्भाव खलबलिने भएकोले नबोलेको भनेर जनता समक्ष ढाँट्नु भएको प्रष्ट छ । कारण:
तपाई कानुन निर्माण गर्ने सँसदको सदस्य हुनुहुन्छ, अनि कानुनले बर्जित गरेको गैरकानुनी कार्यलाई के तपाईले औलाउनु पर्ने हैन ? कसैले गैरकानुनी र अरु कसैको आस्था माथि चोट पुग्ने कार्य गर्दा सामाजिक सद्भाव खलबलिने भएको हुँदा नबोलेको भन्ने अभिव्यक्तिले जसको आस्था माथि चोट पुगेको छ तिनीहरुमा पर्ने मानसिक असरले के सामाजिक सद्भाव खलबलिदैन ?
दोश्रो कुरा कानुनले बर्जित गरको बिषयमा‌ कानुन निर्माण गर्ने साँसदले त्यो बिषयलाई सामान्यरुपमा लिन मिल्छ ? सामान्यरुपमा लिएको अवस्थामा के तपाईले कानुनले बर्जित गरेको अवस्थामा त्यो अपराधको पक्षपोषण गरेको ठहरिदैन ? र त्यसले सामाजिक सद्भाव खलबलिने अवस्था आउदैन ? कसैको धार्मिक आस्था सँग जोडिएको घटनालाई सामान्यरुपमा लिएको तपाईको ब्यवहारले स्पष्ट हुन्छ कि हिन्दु धर्मावलम्बी र धार्मिक आस्था विरुद्व गरिने क्रियाकलापमा तपाईको समर्थन छ । र यो तपाईको मिसन हो । तपाईले स्विकार गरेको विषयलाई बहुसंख्यक जनताले अस्विकार गर्छन् र गरिछाड्छन् ।”

थप जानकारी