राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

म लिम्बुको छोरा हो, हामीले पुस्तौंदेखि गाई-गोरु पुज्ने गरेका छौं: राजकुमार योङ्याङ

शुक्रवार, ८ भाद्र २०८० १९:३४

झापा । झापा निवासी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका युवा नेता तथा व्यवसायी राजकुमार योङ्याङले आफू लिम्बुको छोरा भएको र आफुहरुले पुस्तौंदेखि गाई-गोरुको पुजा गर्दैआएको बताएका छन् ।

युवा नेता योङ्याङले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेछन्
” म लिम्बुको छोरा हो, मैले जानेसम्म मेरो पुस्ताले पुस्तौंदेखि गाई, गोरु पुज्दै आएका छौं । आज पनि पुज्छौ र भोलि पनि पुज्छौ ।

धरानमा केहि दिन अघि गोरुको मासु खाएको भिडियो सामाजिक संजालमा आएपछि सामाजिक संजालमा गोरु खानेलाई कानुन बमोजिम कारबाहीको माग गर्नेदेखि समर्थन गर्नेहरूले विभिन्न तर्क गर्दैआएका र यस विषयले सामाजिक सद्भावमा नै नकारात्मक असर पार्न लागेको समयमा किराँत धर्मका राजकुमार योङ्याङले सामाजिक संजालमार्फत लिम्बुहरु पनि गाई-गोरु पुजक नै भएको सन्देश दिन खोजेका हुन ।

थप जानकारी