राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन २, २०८१

दुबइ पुगेर लिङ्देनले भने-लाखौं युवा विदेशिनुमा गलत नीति र नेतृत्व जिम्मेवार

सोमवार, ११ भाद्र २०८० १०:४७

दुबइ, युएई । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने श्रमका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताउनुभएको छ । राप्रपा निकट प्रवासी नेपाली एकता समाज(पानस) ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताएका छन् ।

कार्यक्रममा बोल्दै लिङ्देनले गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका उद्योग, कलकारखाना कुनै अलपत्र पारेको र कुनै कौडीको मूल्यमा बिक्री गर्ने नीति लिइएका कारणबाट लाखौं युवा विदेश आउनु परेको हुँदा विगतको त्रुटी र गलत मार्गचित्र सच्याउनु पर्नेमा जोड दिनुभएको छ।

अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन घर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्ष खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्छ भन्नेमा जोड दिनुभएको र राप्रपाले निरन्तर आवाज उठाइरहेका बताएका छन् । उहाँले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको बताउदै राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिनुभएको छ।

लिङ्देनले धर्मको नाममा राजनीति राप्रपाले होइन धर्मनिरिपेक्षता बनाउनेहरुले शुरु गरेका दाबी समेत गरेका छन् । उहाँले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह गर्नुभएको छ। हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने रवसामाजिक संजालमा प्रचार गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभएको छ, साथै उहाले कानुन विपरीतका गतिविधि भइरहॅदा सरकार मुकदर्शक बन्नु आश्चर्यको विषय भएको उल्लेख गर्नुभयो ।
उहाँले देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरु जिम्मेवार रहेको बताउनुहुदै नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दु राष्ट्र स्थापना गर्न सकिने ठोकुवा समेत गरे ।

पार्टी सम्बद्व प्रवासी नेपाली एकता समाज साउदी अरब र युएइको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा
दुबईमा रहनुभएका अध्यक्ष राजेन्द्र लिंदेनको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भ्रमणमा रहनुभएका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिएका छन् ।

थप जानकारी