राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

किराँत धर्ममा गाईगोरु त के किराफट्यांग्राको समेत हत्या निषेध छ: राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

सोमवार, ११ भाद्र २०८० १६:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले किराँत धर्म साम्जिक मुन्धुमअनुसार जीवजन्तुको बलि चढाउने चलन नभएको बताएका छन् ।

गैरलिम्बू जनजातिहरुले किराँत मुन्धुमअनुसार लिम्बूहरुले गाईगोरुको बलि चढाउने चलन रहेको भन्दै गरेको प्रचारप्रति दु:ख व्यक्त गर्दै लिङदेनले यस्तो बताएका हुन् ।

साम्जिक मुन्धुममा कुनैपनि जीवजन्तुको बलि निषेध भएको बताउदै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फट्यांग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनैपनि जीवजन्तुको हत्या(बलि) निषेध छ ।’

थप जानकारी