राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

गौवंशको हत्याको विरोधमा राप्रपाको भातृ संगठनद्वारा देशभर मसाल जुलस

सोमवार, ११ भाद्र २०८० २२:१४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठनद्वाराले सोमबार साँझ देशका विभिन्न जिल्लाहरूमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

पार्टीका भ्रातृ संगठनहरुले गौवंशको हत्याको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । केही दिनअघि धरानमा गोरुको मासु खाएको भिडियो भाइरल भएपछि हिन्दूवादीहरुले त्यसको चर्को विरोध गरेका छन् ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सनातन धर्ममाथिको अतिक्रमणका विरुद्ध आवाज उठाउनु नेपालीको धर्म हो भन्दै सबैलाई जाग्न आह्वान गर्नुभएको छ । साथै उहाँले भोलि मंगलबार यस सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने पनि जानकारी दिनुभएको छ ।

थप जानकारी