राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

आइतवार, १७ भाद्र २०८० ८:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्। मेयर शाहले सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।

ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो। ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए।

त्यसैको झोंक उनले सामाजिक सञ्जालमा फेरका छन्। ‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!,’ मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जालमा लेखेका थिए।

थप जानकारी