राष्ट्र हितमा समर्पित
मङ्गलवार, आषाढ ५, २०८१

नेपालले म्यानमारसँग खेल्दै

शुक्रवार, २२ भाद्र २०८० १५:४३

काठमाडौँ । नेपाली फुटबल टिमले आज म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल दिउँसो ४ः१५ बजे याङ्गोनस्थित थुवुन्ना स्टेडियममा हुनेछ ।

नेपालले म्यानमारसँग २ खेल खेल खेल्दा दुबै खेलमा हार बेहोरेको छ । फिफा वरीयतामा म्यानमार हाल १६० औँ र नेपाल १७५ औँ स्थानमा छन् ।
नेपाल र म्यानमारबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

नेपाली टोली:
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल ।

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा, आशिष गुरुङ ।

मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, कृतिश रत्न छिन्जु, आभास लामिछाने, उत्सव राई ।

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, हिसुब थपलिया, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन ।

थप जानकारी