राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

तलेजु र भैरवनाथको दर्शन गर्न आइतबार भक्तपुर जाँदै राजा ज्ञानेन्द्र

बिहिवार, ४ आश्विन २०८० १५:३४

काठमाडौं । राजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी र टौमढीस्थित भैरवनाथको दर्शन गर्न भक्तपुर जान लाग्नु भएको छ ।

भक्तपुर आउन लागेका राजा शाहलाई स्वागत गर्न स्थानीय अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद तथा केन्द्रीय सदस्यलगायत रहेको स्वागत समारोह समितिसमेत बनाइएको छ । भक्तपुर तलेजुबाट करिब ५ मिनेटकाे पैदल दूरीमा भैरवनाथ मन्दिर रहेकाे छ ।

राजा ज्ञानेन्द्र शाह दर्शनको लागि पहिलो पटक भक्तपुर तलेजु र भैरवनाथ मन्दिर जान लाग्नु भएको हो । नेपालमा राजसंस्था हुँदासम्म वीरेन्द्र वडा दशैंको कोजाग्रत पूर्णिमाको दिन भक्तपुरको नवदुर्गा मन्दिरसमेत पुग्नु हुन्थ्यो ।

तलेजु भवानी र भैरवानाथको दर्शन गर्न जानुहुने राजा ज्ञानेन्द्र शाहसँग भेटघाटको लागि सल्लाघारीस्थित होटल ग्रीनल्याण्डमा व्यवस्था मिलाइएको स्वागत समारोह समितिले जानकारी दिएको छ ।

थप जानकारी