राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान

बुधवार, १० आश्विन २०८० २३:०९

काठमाडौं । राप्रपाका अध्यक्ष एवं संसदीय दलका नेता मा.राजेन्द्र लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा हुने विविध कार्यक्रममा सहभागी हुन आज बुधबार राति कतारतर्फ प्रस्थान गरेका छन ।

अध्यक्ष लिङ्देन कतारमा रहदा त्यहाँको विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट एवं अन्तरक्रिया गर्ने, नेपाली श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने, राजदुतावास कार्यालयका अधिकारीसंग विविध विषयमा छलफल गर्ने साथै प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी हुने श्रेष्ठले बताएका छन् ।

श्रेष्ठका अनुसार कतार भ्रमणमा जानुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष मा.बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन । अध्यक्ष लिङ्देन असोज १३ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ।

थप जानकारी